काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको हो । महासंघका अनुसार आज २ हजार ९०० रुपैयाँले बढेको छ ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ । गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३२ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १६ सय ७० रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । गत साताको शुक्रबार चाँदीको कारोबार मूल्य १६ सय १५ रुपैयाँ थियो । आज चाँदीको मूल्यमा प्रतितोला ५५ रुपैयाँले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ चैत्र २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?