एजेन्सी । कुवेतका प्रधानमन्त्री शेख मोहम्मद सबाह अल–सलम अल–सबाहले पदबाट राजिनामा दिएका छन् ।
उनले अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहलाई आफ्नो मन्त्रिपरिषद्को राजीनामा बुझाएको सरकारी समाचार संस्था कुनाले जनाएको छ ।
गत बिहीबार नयाँ संसदको निर्वाचन भए पछि उनले यो राजीनामा दिएका हुन ।
राष्ट्रियसभाको प्रत्येक कार्यकालको सुरुमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था संविधानको धारा ५७ ले गरे बमोजिम वर्तमान सरकारले व्यवस्थापिकाको उद्घाटन अघि नै राजीनामा बुझाउनु पर्नेछ ।
आफ्नो राजीनामा अघि शनिबारको विशेष मन्त्रिपरिषद् बैठकमा १८ अप्रिलमा राष्ट्रिय सभालाई पहिलो नियमित अधिवेशन बोलाउन आह्वान गर्ने कानूनको मस्यौदा स्वीकृत गरेको पनि कुनाले जनाएको छ ।
बैठकमा प्रधानमन्त्रीले अमिरको नेतृत्व र समर्थनका लागि मन्त्रिपरिषद्को तर्फबाट कृतज्ञता व्यक्त गर्दै राजीनामाले संवैधानिक दिशानिर्देश र लोकतान्त्रिक प्रक्रियाप्रति सरकारको प्रतिबद्धता झल्काउने प्रतिक्रिया दिएका छन् ।
राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतका मतदाताले बिहीबारदेखि मतदान सुरु भएको थियो । भोलिपल्ट भएको मतगणना अनुसार २०० उम्मेदवारको समूहबाट एक महिलासहित ५० जना सांसद चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ चैत्र २०८०, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्रीसँग एमाले नेता बर्तौलाको नोकझोक
बालुवाटारमा प्रधानमन्त्री र एमाले नेताबीच किन भयो भनाभन ?
'मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन' : प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीले बोलाइन् दल र जेनजीसहितको संयुक्त बैठक