काठमाडौ । सभामुख देवराज घिमिरेले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलका शीर्ष नेताकाे बैठक बोलाएका छन्।
आज (सोमबार) बिहान साढे ११ बजे सभामुखको कार्यकक्ष सिंहदरवारमा बस्नेगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताको बैठक बोलाएका हुन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेतालाई आमन्त्रण गरिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामेछानेकाे संलग्नता दावी गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।
कांग्रेसले सहकारी प्रकरणको छानविनको लागि संसदीय समिति गठन गर्न सरकार तयार नभए यही चैत २७ देखि संसद बैठक नै अबरुद्ध गर्ने चेतावनीसमेत दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ चैत्र २०८०, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे