काठमाडौ । सभामुख देवराज घिमिरेले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलका शीर्ष नेताकाे बैठक बोलाएका छन्।
आज (सोमबार) बिहान साढे ११ बजे सभामुखको कार्यकक्ष सिंहदरवारमा बस्नेगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताको बैठक बोलाएका हुन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेतालाई आमन्त्रण गरिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामेछानेकाे संलग्नता दावी गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।
कांग्रेसले सहकारी प्रकरणको छानविनको लागि संसदीय समिति गठन गर्न सरकार तयार नभए यही चैत २७ देखि संसद बैठक नै अबरुद्ध गर्ने चेतावनीसमेत दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ चैत्र २०८०, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता