काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा निरन्तर उठाइरहेको प्रश्नका सम्बन्धमा छलफल गर्न सभामुख देवराज घिमिरेले शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार बिहान १० बजे सभामुखसहित शीर्ष नेताहरुको छलफल हुनेछ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विपक्षी दलको नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ ।
गत फागुन २४ गतेदेखि कांग्रेसले उपप्रधन तथा गृहमन्त्री लामिछानेमाथि संसदमा प्रश्न उठाउँदै आएको छ । लामिछाने सहकारीको रकम हिनामिनामा आरोपित रहेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको माग छ । यसमा सत्तारुढ दलहरु तयार भएका छैनन् ।
यसअघि चैत २१ गते बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्व प्रकाश शर्माले अर्को बैठकमा संसदीय छानबिन समिति लिएर आउन सरकारलाई आग्रह गरेका थिए ।
प्रतिनधि सभाको बैठक यही चैत २७ गते बस्दैछ । त्यसअगाडि सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल
विधेयकको अवस्थाबारे छलफल गर्न सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक
प्रमुख तीन दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख
सभामुखले विपक्षीलाई भने: गृहमन्त्रीलाई बोल्न दिऔं, त्यसपछि छलफल गरौं
सभामुख घिमिरे र दलका सचेतक बिचको बैठक सुरु
प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो छ : सभामुख घिमिरे