काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने व्यवसायीको मागमा सरकार सकारात्मक रहेको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको विर्तास्थित कार्यालयमा आइतबार राजश्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले मधेश सरकारसँगको समन्वयमा वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न संघीय सरकार सकारात्मक रहेको बताएका हुन् ।
‘लोकतन्त्रमा सरकारले नागरिकका आवाज सुन्नैपर्छ । वीरगञ्ज आर्थिक केन्द्र नै हो । औद्योगिक नगरी नै हो’, मन्त्री पुनले भने । देश विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा प्रधानमन्त्री र आफू स्पष्ट रहेको भन्दै उनले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रका गुनासोलाई बजेटमार्फत सम्बोधन गरिने अर्थमन्त्री पुनले आश्वस्त पारे । सरकारले व्यवसायीलाई काखापाखा नगर्ने र नतर्साउने तथा अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनको छ ।
मुलुकको आर्थिक अवस्था सुधारोन्मुख रहे पनि युद्ध र महामारीजस्ता कारणले विश्वव्यापी सप्लाई चेन्ज प्रभावित हुँदा त्यसको असर नेपाली बजारमा परेको उनले जानकारी गराए । यद्यपि उदयीमान अर्थतन्त्र भएका भारत र चीनको आर्थिक वृद्धिदर राम्रो हुँदा त्यसबाट नेपाली अर्थतन्त्रले फाइदा लिन सक्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
बजेट ल्याएको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री
अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश, कर आधार विस्तार गर्न सुझाव
अर्थमन्त्रीलाई कर्मचारी ट्रेड युनियनले बुझायो २२ बुँदे माग