साढे पाँच अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी

पत्रपत्रिकाबाट

आइतबार, २५ चैत्र २०८०, ०८ : ११
साढे पाँच अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौ । मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा सुधार आएको छ । चालु आवको सुरुदेखि नै मुलुकमा भित्रिने लगानी क्रमिक रूपमा सुधार हुँदै गएको हो ।

लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । 

चालु आवको आठ महिनामा साढे पाँच अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको तथ्याङ्क छ । आगामी वैशाख दोस्रो सातादेखि हुने लगानी सम्मेलन तयारीसँगै मुलुकमा भित्रिने विदेशी लगानीको रकम प्रत्येक महिना बढ्दै गएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस