नेपाल पर्यटन बोर्डले माग्यो सीईओ, दरखास्त आह्वान

सफल खबर संवाददाता

शनिबार, २४ चैत्र २०८०, ०७ : ३६
नेपाल पर्यटन बोर्डले माग्यो सीईओ, दरखास्त आह्वान

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । 

बोर्डले शनिबार प्रकाशित गरेको सूचनाअनुसार इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन बुझाउन सक्नेछन् ।

सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।

त्यस्तै उम्मेदवार स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस