लुम्बिनी प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री चौधरीले राजीनामा दिने

सफल खबर संवाददाता

विहीबार, २२ चैत्र २०८०, १६ : ३९
लुम्बिनी प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री चौधरीले राजीनामा दिने

रुपन्देही । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन सुरु भएको छ । फागुन १८, १९ र २० गते ३ दिन चलेर तेस्रो अधिवेशन चैत १ गते अन्त्य गरिएको थियो । सरकार अल्पमतमा परेपछि विश्वासको मत लिनका लागि विशेष अधिवेशन बोलाइएको हो ।

मुख्यमन्त्री डिल्ली चौधरीले आफूले बहुमत नपाउने भएपछि विश्वासको मतको प्रक्रियामा नगई सदनलाई सम्बोधन गरेर राजीनामा दिने व्यवस्था मिलाउन सभामुख तुलाराम घर्तीमगरसँग समय मागेका थिए ।

नयाँ गठबन्धनमा रहेका एमाले,माओवादी,जसपा,नेकपा एस, स्वतन्त्रका बहुमत सांसदहरूले हस्ताक्षर गरेर नयाँ सरकार गठनका लागि तयारी गरिसकेका छन् ।लुम्बिनीमा माओवादी संसदीय दलका नेता जोखबहादर महराको नेतृत्वमा गठबन्धन दलले सरकारको बनाउने तयारी गरेका छन् ।