रुपन्देही । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन सुरु भएको छ । फागुन १८, १९ र २० गते ३ दिन चलेर तेस्रो अधिवेशन चैत १ गते अन्त्य गरिएको थियो । सरकार अल्पमतमा परेपछि विश्वासको मत लिनका लागि विशेष अधिवेशन बोलाइएको हो ।
मुख्यमन्त्री डिल्ली चौधरीले आफूले बहुमत नपाउने भएपछि विश्वासको मतको प्रक्रियामा नगई सदनलाई सम्बोधन गरेर राजीनामा दिने व्यवस्था मिलाउन सभामुख तुलाराम घर्तीमगरसँग समय मागेका थिए ।
नयाँ गठबन्धनमा रहेका एमाले,माओवादी,जसपा,नेकपा एस, स्वतन्त्रका बहुमत सांसदहरूले हस्ताक्षर गरेर नयाँ सरकार गठनका लागि तयारी गरिसकेका छन् ।लुम्बिनीमा माओवादी संसदीय दलका नेता जोखबहादर महराको नेतृत्वमा गठबन्धन दलले सरकारको बनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ