काठमाडौं। भारतको लोकसभा निर्वाचनमा कम उमेरकी दलित महिला शाम्भवी कुनाल चौधरीले उम्मेदवार बनेकी छन् । लोक जनशक्ति पार्टी (रामविलास)ले उनलाई विहारको समस्तीपूरको आरक्षित सिटमा उम्मेदवार बनाएको हो ।
दिल्ली स्कूल अफ इकोनोमिक्सबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी २५ वर्षीया शाम्भवी हाल मगध विश्वविद्यालयबाट पीएचडी गरिरहेकी छिन् ।उनका बुबा अशोक चौधरी मुख्यमन्त्री नितिश कुमारको क्याबिनेटमा मन्त्री छन् र उनका हजुरबुवा महावीर चौधरी कांग्रेसबाट पनि मन्त्री भएका छन् ।
तर आफूले टिकट पाउन बुबा र हजुरबुबाको कुनै हात नरहेको उनको दाबी छ । तेस्रो पुस्ताकी नेत्री उनी समस्तीपुरमा चुनावी लडाइँमा होमिएकी छन् ।उक्त क्षेत्रमा पशुपति कुमार पारसको नेतृत्वमा रहेको राष्ट्रिय लोक जनशक्ति पार्टीका राजकुमार राज सांसद छन् ।
भारतीय सञ्चारमाध्यम द हिन्दूलाई अन्तर्वार्ता दिँदै उनले समाजमा परिवर्तन ल्याउन आफू राजनीतिमा लागेको प्रतिक्रिया दिएकी छन् ।'मैले राजनीति रोजें किनभने म समाजमा परिवर्तन ल्याउन चाहन्छु र मलाई लाग्छ कि राजनीतिले समाज परिवर्तन गर्न सक्छ ।
म राजनीतिक परिवारबाट आएको हुँ र बाल्यकालमा मैले मेरो हजुरबुवा र बुबालाई आफ्नो निर्वाचन क्षेत्रका जनताको सेवा गरेको देखेकी छु,' उनले भनिन् ।भारतमा १९ अप्रिलदेखि १ जूनसम्म लोक सभा चुनाव हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?