काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज (सोमबार) विश्वासको मत लिँदैछन्।
गत २३ फागुनमा प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका ६ मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। माओवादी नेतृत्वको सरकार अल्पमतमा परेपछि उनले आज सदनबाट विश्वासको मत लिन लागेका हुन्।
प्रदेशसभाका सचिवालायका अनुसार आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको छ।
बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची बनाएको बताइएको छ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि दलका सांसदहरूले धारणा राख्नेछन्।
केन्द्रीय सत्ता समीकरण अनुसार बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी तीन दल मात्रै छन्।
बागमतीमा मात्रै प्रतिनिधित्व गरेको हाम्रो नेपाली पार्टी (हानेपा) को साथले आफ्नो नेतृत्वको सरकार जोगाउने जुक्ति लगाएर मुख्यमन्त्री जम्बरकट्टेलले बिहीबार हानेपा संसदीय दलका नेता बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए।
यती भएपछि सरकार जोगिने विश्वास उनमा कायमै छ।
बागमतीमा एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीको ७ र हानेपाको २ गरी ५७ सांसद छन्। बागमतीमा सरकार गठन गर्न ५६ सांसदको समर्थन आवश्यक हुन्छ।
७ राजनीतिक दल रहेको बागमतीमा सबैभन्दा ठुलो कांग्रेसको ३७, राप्रपाको १३ (सभामुख सहति) र नेमकिपाको ३ सिट छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ चैत्र २०८०, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले तिरायो ५ सय जरिवाना
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ