काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका भर्खरै नियुक्त उपकुलपति केशरजंग बराललाई त्रिवि सुधारका विभिन्न मागसहित ३० बुँदे सुझाव पत्र दिएको छ।
आइतबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पासहित तीनसय बढी सदस्यको टोलीले बराललाई भेटेर सुझाव पत्र दिएको हो। नेविसंघले दिएका सुझावमा उपकुलपति बरालले प्रस्तुत गरेको ४ वर्षे भिजन पेपर र व्यावसायिक कार्ययोजना अविलम्ब सार्वजनिक गर्नुपर्ने, विश्वविद्यालयहरूको शैक्षिक क्यालेन्डर अनुसारका कार्यान्वयन गर्नुपर्ने, त्रिविलाई ‘आइडिया बैंक’ को रूपमा विकसित गर्नुपर्ने, देशमा उद्यमशील संस्कृतिको विकास गर्न पाठ्यक्रममा थप परिमार्जन गर्नुपर्ने, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि ‘पेड इन्टर्नसिप’ र ‘जब प्लेसमेन्ट’ को व्यवस्था गर्न व्यवसायीक संघ संस्थासँग साझेदारी गर्ने खालका नीति निर्माण गर्नुपर्ने, सरकारी मापदण्ड विपरीत मनपरी ढंगले शुल्क असुल्ने जस्ता गतिविधि नियन्त्रण हुनुपर्ने लगायतका बुँदा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शपथ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा भरत खत्री नियुक्त
त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त
ठप्प भयो त्रिवि, उपकुलपति, रेक्टर, रजिस्ट्रार कार्यालय र सेवा आयोगमा तालाबन्दी
कुलपति बरालको राजीनामा फिर्ताको प्रस्ताव लिएर पोखरा पुगे त्रिविका रेक्टर र रजिस्ट्रार
स्वदेशमा नै रोजगारी सिर्जना गर्ने शैक्षिक कार्यक्रम आवश्यक : उपकुलपति प्रा.डा. थपलिया