काठमाडौं। काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठ र तिलोत्तमा नगरपालिका-११ बस्ने ३७ वर्षीय देवेन्द्र न्यौपाने छन् ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु २ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक श्रेष्ठलाई उक्त नगदगहित पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त रकम न्यौपानेले काठमाडौं पुर्याइदिनू भनी श्रेष्ठलाई दिएको भन्ने खुलेको थियो । त्यसपछि न्यौपानेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ