काठमाडौं। काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठ र तिलोत्तमा नगरपालिका-११ बस्ने ३७ वर्षीय देवेन्द्र न्यौपाने छन् ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु २ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक श्रेष्ठलाई उक्त नगदगहित पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त रकम न्यौपानेले काठमाडौं पुर्याइदिनू भनी श्रेष्ठलाई दिएको भन्ने खुलेको थियो । त्यसपछि न्यौपानेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ