मकवानपुरदेखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा

सफल खबर संवाददाता

विहीबार, १५ चैत्र २०८०, ०७ : ३६
मकवानपुरदेखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको हेटौँडादेखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन आजदेखि जिल्ला दौडाहामा निस्किएका छन् ।

कार्यक्रम तालिका अनुसार चैत्र १६ गते मकवानपुरको हेटौँडामा , १७ गते चितवन र नवलपुरमा, १८ गते परासी र रुपन्देहीमा, १९ गते कपिलवस्तुमा र २० गते बाँके र बर्दियामा अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

प्रशिक्षणमा अध्यक्ष थापाले मुलुकको वर्तमान अवस्था, पार्टीको भावी कार्यक्रम र कार्यदिशा,सङ्गठन सुदृढीकरण सँगै सक्रिय सदस्यता वितरण अभियान, आन्दोलनको तयारीका बारेमा प्रशिक्षण दिनेछन् । 

दौडाहा टोलीमा पार्टीका महामन्त्री राजाराम बर्तौला, मध्यमाञ्चल क्षेत्र  समन्वय समितिका अध्यक्ष माधव खत्री , सहायक महामन्त्रीद्वय रामसुन्दर बिष्ट र डम्बर प्रसाद शिवाकोटी,केन्द्रीय सदस्य पुरु दाहाल र जनबर्गिय सङ्गठनका अध्यक्षहरू सहभागी रहने पार्टी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस