काठमाडौँ । पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन् । पार्टी सभापतिको विरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेको थियो ।
खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएको स्रोतले बताएको छ । उनले अङ्ग्रेजीमा लेखेको राजीनामा पत्र महामन्त्री डा. मुकुल ढकालको टेबलमा पुगेको छ ।
पार्टी केन्द्रीय कार्यालयलाई सम्बोधन गरिएको पत्रमा खरेलले लेखेका छन्, ‘सचेत रूपमा विचार र समीक्षा गरेपछि म यो निर्णयमा पुगेँ कि मैले पार्टीबाट अब आफ्नो बाटो अलग गर्नुपर्छ ।’
खरेलले आफूलाई रास्वपाले उपलब्ध गराएको अवसर र अनुभवप्रति आभार प्रकट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन
रवि कारागारबाट बाहिरिएपछि पुराना दलहरू आत्तिए : रास्वपा
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)