काठमाडौँ । पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन् । पार्टी सभापतिको विरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेको थियो ।
खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएको स्रोतले बताएको छ । उनले अङ्ग्रेजीमा लेखेको राजीनामा पत्र महामन्त्री डा. मुकुल ढकालको टेबलमा पुगेको छ ।
पार्टी केन्द्रीय कार्यालयलाई सम्बोधन गरिएको पत्रमा खरेलले लेखेका छन्, ‘सचेत रूपमा विचार र समीक्षा गरेपछि म यो निर्णयमा पुगेँ कि मैले पार्टीबाट अब आफ्नो बाटो अलग गर्नुपर्छ ।’
खरेलले आफूलाई रास्वपाले उपलब्ध गराएको अवसर र अनुभवप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाधिवेशनपछि रवि–बालेनबीच भेट भएन, फोनमै संवाद
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार