धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

सफल खबर संवाददाता

बुधबार, १४ चैत्र २०८०, ११ : ०६
धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

काठमाडौँ । सोमबारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् ।

उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको र सम्पर्कमा आएको परिवार श्रोतले बताएको छ। आरती सङ्ग फोनमा सम्पर्क भइसकेको बताइएको छ। उनी भारतको गोवामा छन्। 

आरती सम्पर्क विहीन भएपछि मेयर हमालको कान्छी छोरी आरजु र ज्वाइँ गोवा पुगेका थिए। बहिनी आरजु उनका श्रीमान् रीतेज भट्ट सँग आरतीको फोनमा कुरा भैसकेको बताइएको छ।

आरती मेयर हमालकी जेठी छोरी हुन् । उनी ओशो साधक हुन् । ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् । सोमबारदेखि सम्पर्कमा नआएपछि मेयर हमालले खोजी कार्यको लागि सार्वजनिक अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस