यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

बुधबार, १४ चैत्र २०८०, ०७ : ४३
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलरसंगै युरोको भाउ पनि बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५६ पैसा कायम गरिएको छ। आज डलरमा २३ पैसाले वृद्धि भएको छ। यसअघि अर्थात मंगलबार अमेरिकीडलरको खरिददर १३३ रूपैयाँ १९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७९ पैसा तोकिएको थियो।

बुधबार यूरोपियन युरोमा १९ पैसाले बढेर यसको खरिदमूल्य १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ९८ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर १४४ रूपैयाँ १४ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ७९ पैसामा कारोबार भएको थियो।  

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ०७ पैसा कायम गरिएको छ। मंगलबार पाउण्डको खरिदमूल्य १६८ रूपैयाँ २२ पैसा र बिक्रीमूल्य १६८ रूपैयाँ ९८ पैसा रहेको थियो। 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ १८ र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४७ पैसा कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस