चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको भन्दै त्यसको महत्व स्थापित गर्न लागिपर्ने बताएका हुन् ।
तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको भन्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गरे । प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालले बताए ।
हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको जानकारी दिँदै अध्यक्ष दाहालले भने, ‘प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु ।’
विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको र ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको उनले बताए । राष्ट्रियसभामा अधिकांश विधेयक सर्वसम्मत पारित हुने गरेको भन्दै उनले भने, ‘राष्ट्रियसभामा राजनीतिक दृष्टिकोणले नभई राष्ट्र र जनताको दृष्टिले हेरेर छलफल हुन्छ ।’
राष्ट्रियसभामा आउने विधेयक लामो समय नरोकिने पनि उनले बताए । राष्ट्रियसभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको भन्दै अध्यक्ष दाहालले राष्ट्रियसभाले राष्ट्रिय महत्व र सार्वजनिक महत्वका विषयलाई प्राथमिकता दिने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ चैत्र २०८०, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन
माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्याउने राष्ट्रिय सभा अध्यक्ष दाहालको विश्वास
विविधता भित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान हो : अध्यक्ष दाहाल
अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान
‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक छ’ : अध्यक्ष दाहाल