काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य बढेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ थियो ।
तोलामा ११ सय रुपैयाँले घटेसँगै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, यो साता चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १५ सय १५ रुपैयाँ कायम थियो । जुन, यो साता तोलामा १५ सय रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?