साताको सुन बजार : प्रतितोला ११ सयले बढ्यो मूल्य

सफल खबर संवाददाता

शनिबार, १० चैत्र २०८०, १४ : १२
साताको सुन बजार : प्रतितोला ११ सयले बढ्यो मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य बढेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ थियो ।

तोलामा ११ सय रुपैयाँले घटेसँगै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, यो साता चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १५ सय १५ रुपैयाँ कायम थियो । जुन, यो साता तोलामा १५ सय रुपैयाँ कायम भएको हो ।
 

प्रतिक्रिया दिनुहोस