दार्चुला । दार्चुलामा एक महिला करेन्ट लागेर गम्भीर घाइते भएकी छन्।
शैल्यशिखर नगरपालिका–१ बारीलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर घाइते भएकी छन्। उनलाई बारीमा बाख्रा चराइरहेको बेला विजुलीको पोलमा लत्रिरहेको तारबाट करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।
घाइते कुमारीको अवस्था गम्भीर रहेको छ। उनलाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपश्चात हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु