राष्ट्रिय भलिबल : न्यू डाइमण्डलाई हराउँदै तेस्रो बन्यो एपीएफ क्लब

सफल खबर संवाददाता

शुक्रबार, ०९ चैत्र २०८०, १५ : ४२
राष्ट्रिय भलिबल : न्यू डाइमण्डलाई हराउँदै तेस्रो बन्यो एपीएफ क्लब

काठमाडौं। नेपाल एपीएफ क्लबले चन्द्रागिरि नगरपालिका न्यू डाइमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।​​

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा डाइमण्डलाई ३–१ सेटमा पराजित गर्दै एपीएफले तेस्रो स्थान हासिल गरेको हो ।खेलमा एपीएफले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्‍यो । त्यसैगरी खेलको दोस्रो सेट भने डाइमण्डले २५–२३ ले जित्दै खेललाई १/१ सेटको बराबरीमा ल्यायो ।

 

त्यसपछिको तेस्रो र चौथो सेट भने एपीएफले आफ्नो पक्षमा पार्न सफल भयो । एपीएफले तेस्रो सेट २५–१४ ले जित्यो भने चौथो सेट २५–२१ आफ्नो पक्षमा पार्‍यो ।उक्त प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधिका लागि भने विभागीय नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल भोलि हुनेछ ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको पुरुष र महिलातर्फको विजेताले समान ५ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस