काठमाडौं । सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो । बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।
फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?