पाकिस्तानका राष्ट्रपतिकी छोरी आसिफा औपचारिक रुपमै राजनीतिमा प्रवेश

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, १४ : ४०
पाकिस्तानका राष्ट्रपतिकी छोरी आसिफा औपचारिक रुपमै राजनीतिमा प्रवेश

काठमाडौं। इस्लामावाद– पाकिस्तानका राष्ट्रपति आसिफअली जर्दारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रुपमा पाकिस्तानको राजनीतिमा प्रवेश गरेकी छिन्। 

राष्ट्रपति भएपछि जर्दारीका पिताले खाली गरेको राष्ट्रियसभाको सिटका लागि उम्मेदवारी दिएर उनले पाकिस्तानमा औपचारिक रूपमा राजनीतिक जीवनको थालनी गरेका हुन् ।सिन्ध प्रान्तको एनए–२०७ निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि आसिफाले आइतवार उम्मेदवारी दर्ता गराएका छन् ।

आसिफाले एनए–२०७ को उपनिर्वाचनका लागि आफ्नो मनोनयन पत्र पेश गरेका छन् । आसिफा पति नवाबशाहस्थित निर्वाचन अधिकारीको कार्यालयमा पुगेर मनोनयन पत्र बुझाएका हुन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका पति, असिफाका पिता तथा पाकिस्तानी राष्ट्रपति जरदारीले एनए–२०७ निर्वाचन क्षेत्रबाट पाकिस्तानको संसदीय निर्वाचनमा विजयी भएका थिए । उनी राष्ट्रपति भएपछि उनले जितेको निर्वाचन क्षेत्र खाली हुनपुगेको छ । 

राष्ट्रपति जर्दारीले आसिफालाई देशको प्रथम महिला नियुक्त गर्ने अनुमान गरिएको एआरवाई न्युजले पाकिस्तानी सरकारी स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । यदि, असिफालाई प्रथम महिला घोषित गरिएमा विशेष गरी परम्परागत रूपमा राष्ट्रपतिको पत्नीलाई दिने गरिएको प्रथम महिलाको सम्मान पाकिस्तानको इतिहासमा पहिलो पटक राष्ट्रपतिकी छोरीलाई दिइने छ । 

पाकिस्तानकी एक मात्र महिला प्रधानमन्त्री बनेकी आसिफाकी आमा बेनजिर भुट्टो जरदारीको सन् २००७ मा रावलपिण्डीमा भएको आत्मघाती बम विस्फोट र आक्रमणमा हत्या भएको थियो ।

भुट्टोका भाइ बिलावलले यसअघि अप्रिल २०२२ मा इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएपछि बनेको पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सरकारमा पाकिस्तानको विदेशमन्त्रीको रूपमा काम गरिसकेका छन् । 

तर, यसपटक पीपीपीले शहबाज सरिफ नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने र सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सहअध्यक्ष आसिफ जर्दारीले आइतवार पाकिस्तानको १४ औं राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । 

जर्दारी सेनाका प्रमुखबाहेक दोस्रो पटक राष्ट्रप्रमुख निर्वाचित हुने एकमात्र गैर–सैनिक (नागरिक) उम्मेदवार हुन् । उनले सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । 

पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन भएको थियो । इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवारले अधिकतम ९२ सिटसहित पाकिस्तानको पहिलो शक्ति बनेपनि उनीहरू दलीय झण्डाबाट प्रतिनिधि नभएका कारण पीटीआईलाई ठूलो दलको रुपमा मान्यता दिइएको छैन ।

निर्वाचनमा दोस्रो धेरै ९७३० सिट जितेको नवाज शरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले संसद्मा सबैभन्दा ठूलो दलको मान्यता पाएको छ र ५४ सिट जितेको पाकिस्तान पीपीपीले दोस्रो ठूलो दलको मान्यता पाएको छ ।

निर्बाचनका समय इन्टरनेट बन्द, धाँधलीपूर्ण मतदान र मतदानमा ‘समान अवसर’ को अभाव भएको आरोप पीटीआई र अन्य धेरै दलले लगाएपछि चुनावलाई विवादास्पद मानिएको थियो ।पीपीपी र पीएमएल–एनबीच पाकिस्तानमा सरकार गठनका लागि केही दिनको छलफलपछि सरकार गठनका लागि सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस