काठमाडौं । तुइन खोला नजिक झरेको पहिरो हटाएपछि मुग्लिन नारायणगढ सडक सञ्चालनमा आएको छ। तुइन खोला पुल नजिकै पहिरो झर्दा अवरुद्ध सडक आधा घण्टामै सञ्चालनमा आएको हो।
अहिले उक्त सडकखण्डमा सवारी सहज रुपमा सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरका सुपरभाइरजर ईश्वर क्षेत्रीले जानकारी दिए। तयारी अवस्थामा रहेका मेसिनले पहिरो हटाउने काम भइरहेको उनको भनाइ छ।
सडक डिभिजन भरतपुरको सूचनामा भनिएको छ, ‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट ढुंगा झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक अहिले संचालनमा आएको छ। ढुंगाहरू झर्नेक्रम रोकिएकोले मेसिनको प्रयोग गरि पहिरो हटाउने कार्य भैरहेको छ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ कार्तिक २०८२, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला