काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखनेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका खड्का र धिमाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ, उनीहरुमाथी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ