नयाँ दिल्ली। गएको वर्ष विश्वका सर्वाधिक प्रदूषित वायु भएका सय सहरमध्ये अधिकांश सहर एउटै देशका थिए । विश्वभरि वायुको स्तर ट्र्याक गर्ने आईक्यूएयरको प्रतिवेदनअनुसार सय प्रदूषित सहरमध्ये ८३ ओटा सहर भारतका थिए । यी सबै सहरमा वायुको स्तर विश्व स्वास्थ्य संगठनको वायु गुणस्तर निर्देशिका भन्दा कयौँ गुणा बढी खराब थिए ।
प्रतिवेदनमा विश्वका ७ हजार ८०० ओटा भन्दा धेरै सहरका वायु स्तरको विश्लेषण गरिएको थियो । यी मध्ये ९ प्रतिशतमा मात्रै स्तर डब्ल्यूएचओको मापदण्ड अनुसारको थियो। संगठनले पीएम २.५ को औसत वार्षिक स्तर ५ माइक्रोग्राम प्रति क्युबिक मिटरभन्दा बढी हुन नहुने बताएको छ । गएको वर्ष उत्तर भारतको बिहार राज्यमा पर्ने बेगुसराई विश्वको सबैभन्दा प्रदूषित सहर थियो । यहाँको औसत वार्षिक पीएम २.५ ११८ दशमलव ९ रहेको थियो ।
यो डब्ल्यूएचओको निर्देशिकाभन्दा २३ गुणा बढी हो । यो सूचिमा गुवाहाटी, असम, दिल्ली, पन्जाब लगायत सहरहरू पनि छन् । खराब वायु प्रदूषण भएका देशहरूको सूचिको शीर्ष स्थानमा एसियाली देशहरू नै छन् ।
सूचिको शीर्ष स्थानमा बङ्गलादेश, पाकिस्तान र भारत क्रमशः पहिलो देखि तेस्रो स्थानमा छन् । नेपाल सर्वाधिक प्रदूषित देशको सूचिमा आठौँ स्थानमा थियो । नेपालको वार्षिक पीएम २.५ ४२ दशमलव ४ रहेको थियो । यो भनेको डब्ल्यूएचओले तोकेको भन्दा करिब साढे ८ गुणा बढी हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’