पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठन गरेका छन् । उनले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकाे पनि जिम्मेवारी थपिएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठनसम्बन्धी पत्र प्रदेश प्रमुखकाे कार्यालयमा पठाइसकेका छन् । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो तीन बजे राखिएको छ ।
यसअघि भाैतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिकमा सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै फागुन २२ गते मुख्यमन्त्री पाण्डेले उनीहरूलाई बर्खास्त गरेका थिए ।
त्यसकाे भाेलिपल्ट माओवादीले सरकारबाट समर्थन फिर्ता लिएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै