एजेन्सी । भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् ।
रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी ७७ वर्षका हुनेछन् ।
जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् । उनी विगत ३ दशकदेखि शक्तिमा रहेका छन् ।
यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो । तर सन् २००८ मा कार्यकालको अवधि छ वर्षका लागि थप गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०५ चैत्र २०८०, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध अन्त्यका लागि पुटिनलाई जेलन्स्कीको खुला पत्र: प्रत्यक्ष वार्ताको प्रस्ताव
पुटिनसँग आसियान शिखर भेट
भिक्ट्री डे परेडमा पुटिनले भने- युक्रेनसँग न्यायसंगत युद्ध लड्दैछौं
मस्को सधैँ तेहरानको वफादार साथी रहन्छ : पुटिन
युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार