काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका छन् । आइतबार प्रदेश सभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको पाँच जना प्रदेशसभा सदस्यको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
बैठकमा नाउपाका प्रदेश सभा सदस्यहरू कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । बैठकमा सहभागी भएका नाउपा सांसदहरु अहिले सरकारमा नै सहभागी छन् ।बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताए ।
बैठकमा सहभागी नभएका प्रदेश सभा सदस्यहरूलाई समेत सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको दाबी गरे । केन्द्रमा नयाँ गठबन्धनमा सामेल भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका बेला प्रदेशमा छुट्टै समीकरण बनाएर नयाँ सन्देश खोजिएको उनले बताए।
नाउपाले मुख्यमन्त्रीलाई समर्थन कायमै राखेपनि उनीसँग काँग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना मात्र पुग्छन् । राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले समर्थन गरे मात्र शाहलाई आवश्यक पर्ने बहुमत सांसद २७ पुग्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
नाउपा संसदीय दलको नेतालाई रञ्जिताले सोधिन् स्पष्टीकरण
निर्वाचन आयोगमा पुग्यो रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको जानकारी
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टाभित्र बैठक बोलाउन अल्टिमेटम
नाउपाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो