रौतहट। तलबको माग गर्दै आन्दोलनमा उत्रिएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षकहरूले धर्ना स्थगित गरेका छन्।आन्दोलनरत शिक्षक र नगरपालिकाबिच सहमति भएसँगै शिक्षकहरूले जारी राखेको धर्नाको कार्यक्रम स्थगित गरिएको हो।
नेपाली कांग्रेस जिल्ला सभापति तथा रौतहट निर्वाचन क्षेत्र ३ का प्रदेश सांसद सुनिल यादव (जितेन्द्र)को पहलमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र आन्दोलनरत शिक्षकको बिचमा होली पर्व अगावै सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको तलव उपलब्ध गराउने सहमति भएको शिक्षक संघका नगर अध्यक्ष राधेश्याम यादवले बताए ।
सोही सहमतिको आधारमा फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गतको ३२ वटै विद्यालयमा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आज १ दिन स्थगित गरिएको माबि विजयपुरको प्रधानाध्यापक शंकर राय यादवले जानकारी दिए ।
सोमबारदेखि सम्पूर्ण विद्यालयमा परीक्षा सञ्चालन गर्ने र छुटेका विषयको अन्तिममा परीक्षा लिने सहमति भएको उनले बताए। फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गतका ३२ विद्यालयका शिक्षा, कर्मचारी र अन्य क्षेत्रका कर्मचारी गरी ३५० जनाले गत साउन देखि हालसम्म तलब नपाएको कारण गत बुधबार देखि नगरपालिका अगाडी धर्नामा बस्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले सरकारसँग ९ बुँदे सहमतिपछि के भने ?
शिक्षा मन्त्रालय र शिक्षकबीच सहमति