तनहुँ । तनहुँ प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पृथ्बि राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना ५ ख ४०३३ नम्बरको बसमा सवार रुपन्देहीको पट्खौली ३ घर बताउने बर्ष २८ वर्षीय जनक हरिजनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट लागु औषध डाईजोपाम ४७ एम्पुल, नोर्फिन ४७ एम्पुल,फेनरागन ४७ एम्पुल गरी जम्मा १४१ एम्पुल लागु औषध बरामद गरिएको र तनहुँ जिल्ला अदालतबाट दिन ७ को म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ चैत्र २०८०, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
युवकको मलद्वारमा फेला पर्यो ब्राउन सुगर
लागु औषधसहित एक युवक पक्राउ
लागु औषधसहित दुई पक्राउ