लागु औषधसहित १ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०३ चैत्र २०८०, ०८ : ४१
लागु औषधसहित १ जना पक्राउ

तनहुँ  । तनहुँ प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पृथ्बि राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना ५ ख ४०३३ नम्बरको बसमा सवार रुपन्देहीको पट्खौली ३ घर बताउने बर्ष २८ वर्षीय जनक हरिजनलाई प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट लागु औषध डाईजोपाम ४७ एम्पुल, नोर्फिन ४७ एम्पुल,फेनरागन ४७ एम्पुल गरी जम्मा १४१ एम्पुल लागु औषध बरामद गरिएको र तनहुँ जिल्ला अदालतबाट दिन ७ को म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस