डा. आरजु राणाद्वारा बाँदर व्यवस्थापनको तालिम लिन भारत हिँडेका प्राविधिकको बिदाइ

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, २० : ४७
डा. आरजु राणाद्वारा बाँदर व्यवस्थापनको तालिम लिन भारत हिँडेका प्राविधिकको बिदाइ

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले बाँदर व्यवस्थापनका विषयमा तालिमका लागि भारत जाने प्राविधिकहरूलाई बिदाइ गरेकी छन् ।

शुक्रवार प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा सभापति आरजु देउवाले बाँदर व्यवस्थापन गर्न भारतको सिमला जाने भेटेरिनरी डाक्टर, बायोल्याब स्काउटहरूलाई तथा प्राविधिकहरूलाई बिदाइ गरेकी हुन् ।

बिदाइ कार्यक्रममा समिति सभापति देउवाले नेपालका सुदूरपश्चिम, कर्णाली प्रदेश लगायतका जिल्लाहरूमा बाँदरको आतंकले घरवास नै गुमाउनुपरेको अवस्थामा यसको समाधानका लागि यो तालिम महत्त्वपूर्ण हुने बताए ।

साथै उनले बाँदरले निम्त्याएको समस्यालाई यस तालिमले केही हदसम्म भए पनि समाधान गर्ने बताउँदै यस विषयले आफूलाई खुशी बनाएको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस