काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवासलगायत विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएकाहरू व्यक्तिहरूलाई कारबाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिएका छन् ।
हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना लगायतका विभिन्न माग राख्दै बिहीबार काठमाडौँमा आयोजना गरेको प्रदर्शनपछि आयोजित सभामा थापाले ललिता निवास, सुन तस्करी प्रकरणमा ठूला व्यक्तिहरूलाई जोगाउने काम भएको भन्दै उनीहरूलाई कारबाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिएका हुन् ।
उनले गृहमन्त्रीमाथि लागेको सहकारी ठगिको विषयमा पनि सही ढंगले छानबिन गर्न समेत चुनौती दिए । सरकार र राजनीतिक दलहरूका कारण नेपाली युवाहरू खाडी मुलुकमा जान बाध्य भएको भन्दै उनले मुलुकको वर्तमान व्यवस्था पूर्ण असफल भएको जिकिर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, १९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा