सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०१ चैत्र २०८०, १२ : ५२
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । सिरहा र कैलालीमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सिरहाको नरहा गाउँपालिका-५ स्थित सडकमा अन टेस्ट लेखिएको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक विष्णुपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय अरुण यादवको घटनास्थलमै मृत्यु भएको हो ।

यता कैलाली, गोदावरी नगरपालिका-१ स्थित सडकमा से.१ च १५३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय वासुदेव खरेलको बुधबार बेलुकी मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस