काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ५ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-६ तिनचुली बुद्धभूमि टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका-४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई नगद ४० हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ
मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ