काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ५ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-६ तिनचुली बुद्धभूमि टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका-४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई नगद ४० हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ