काठमाडौँ । देशका विभिन्न स्थानबाट लागु औषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९२ मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने राजकुमार कामत र २४ वर्षीय आशिष पोदार रहेका छन् । लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१० प ४४७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी मोरङकै सुन्दरहरैंचा नगरपालिका-३ बस्ने ३० वर्षीया सुनिता राईलाई अवैध लागु औषध ब्राउनसुगर १० ग्राम, गाँजा ३ किलो ५ सय ग्राम, डिजिटल तराजु २ थान र नगद ५ लाख ३८ हजार २ सय ५० रुपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागु औषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।
यता भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ नयाँ ठिमीबाट अवैध लागु औषध गाँजा २ किलो १५ ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुली लामाचौर गाउँपालिका-७ घर भएकी ३९ वर्षीया सुष्मा तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै आवश्यक सोधपुछको लागि अन्य ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै काभ्रेको पनौती नगरपालिका-५ नैकिङटार बस्ने ४१ वर्षीय नकुल तिमल्सिनालाई अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३८ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो काठमाडौं, जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
उता झापाको दमक नगरपालिका-३ बस्ने ३० वर्षीय दावा तामाङलाई अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेलडागीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको टीकापुर नगरपालिका-३ रामपुरबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित जानकी गाउँपालिका-७ बस्ने २६ वर्षीय राज कुमार चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै गोदावरी नगरपालिका-१ भरतपुरबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय माधव बिष्टलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित दुई जना पक्राउ
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ