काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा सल्यानको शारदा नगरपालिका-३ का तत्कालीन वडाध्यक्ष थापाविरुद्ध मुद्दा दायर गरिएको हो ।
आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा गरी उनले अस्तित्वमा नै नभएको मान्छे आफ्नो आमा नाता नजाई वृद्धभत्तावापत ५१ हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन