बाँकेका सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, १४ : ४६
बाँकेका सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।७ हजार रुपैयाँ घुससहित पक्राउ परेका बाँकेको सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत अधिकृत पार्धेविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पार्धेले काठ चिरानका लागि सिफारिश गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका थिए ।उनलाई विशेष सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले ७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस