काठमाडौं । लगातार तेस्रो कारोबारका दिन पनि शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक २२.१० अंकले बढेर २०५१.६५ बिन्दुमा अडिएको हो । गत बुधबार ९ अंकले बढेको शेयर बजार साताको अन्तम कारोबारका दिन बिहीबार १३ अंके बढेर बन्द भएको थियो ।
त्यसलगत्तै आज आइतबार खुलेको बजार २२ अंकले बढेर बन्द भएको हो । यसदिन बजारमा ७० लाख ४३ हजार ४५७ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ ।आजाको कारोबारमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र जल्पा सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सकारात्मक सकिर्टका सार्थ सार्वधिक नाफामा रहेका छन् भने चिरख्वा हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
त्यस्तै, कारोबारका आधारमा आज सिभम सिमेन्टस २२ करोड ९३ लाख रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो