काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर चलेको हल्ला उचित नभएको बताएका छन् । शनिवार काठमाडौँमा मोतीदेवी स्मृति केन्द्रले गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राजनीतिक व्यवस्था परिवर्तनसँगै मान्छेको अवस्था पनि परिवर्तन भएको बताए ।
अवस्था परिवर्तन नभएको भन्ने हल्ला मा चलेको उल्लेख गरे । पहिलाको समयमा महिलाहरू राजनीतिमा अघि नबढेको र अहिले मन्त्री भइरहेको उनले बताए । ओलीले भने– ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भन्ने गरिएको छ, त्यस्तो हो र ? आज सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरू जनप्रतिनिधि छन् । यसमा अनेमसंघको अग्रणी भूमिका छ । ३३ प्रतिशत संसदमा, सरकारमा व्यापक कार्यान्वयन गरिएको छ ।’
उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता बाध्यकारी रहेको र अब ५० प्रतिशत पुर्याउनुपर्ने जिम्मेवारी रहेको बताए । महिला सशक्तीकरणको आन्दोलनमा एमाले अग्र भागमा रहेको पनि दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली