काठमाडौ । तराईमा धान खेती गरिरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले जुम्लाको चन्दननाथ २ हाडुल्लेमा शुक्रवार देखि स्याउ रोपणको कार्यक्रमको थालनी गरेका छन ।
स्याउ रोपणको उद्घाटनसंगै सहभागीहरुलाई सम्बोधन गर्दै महासचिव विप्लवले ३ बर्ष भित्र पार्टीलाई आत्मनिर्भर पार्टी बनाउदै चन्दामुक्त पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे । महासचिव विप्लवले भने ‘क्रान्ति गर्नु मात्र ठुलो कुरा होईन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसंग जोड्न सकेनौ, आज क्रान्तिप्रति वितृष्ण छ,विचलनता देखिएको छ, यसलार्ई चिर्न नेकपाले नवौं महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति आगाडि बढाएको छ ।’
नेकपा तराईमा धान,तोरी तरकारी,पहाडमा फलफुल,र हिमालमा फलफुल तथा जडिवुटी उत्पादन अभियानमा रहेको नेकपाका केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।
कार्यक्रममा सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले विप्लवले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकरात्मक भएको भन्दै यो नेकपाको योजना मात्र नभएर हामी सबैको योजना भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना