काठमाडौ । तराईमा धान खेती गरिरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले जुम्लाको चन्दननाथ २ हाडुल्लेमा शुक्रवार देखि स्याउ रोपणको कार्यक्रमको थालनी गरेका छन ।
स्याउ रोपणको उद्घाटनसंगै सहभागीहरुलाई सम्बोधन गर्दै महासचिव विप्लवले ३ बर्ष भित्र पार्टीलाई आत्मनिर्भर पार्टी बनाउदै चन्दामुक्त पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे । महासचिव विप्लवले भने ‘क्रान्ति गर्नु मात्र ठुलो कुरा होईन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसंग जोड्न सकेनौ, आज क्रान्तिप्रति वितृष्ण छ,विचलनता देखिएको छ, यसलार्ई चिर्न नेकपाले नवौं महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति आगाडि बढाएको छ ।’
नेकपा तराईमा धान,तोरी तरकारी,पहाडमा फलफुल,र हिमालमा फलफुल तथा जडिवुटी उत्पादन अभियानमा रहेको नेकपाका केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।
कार्यक्रममा सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले विप्लवले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकरात्मक भएको भन्दै यो नेकपाको योजना मात्र नभएर हामी सबैको योजना भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव