कास्की । जिल्ला अदालतबाट दोषी ठहर भएर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीले १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र एक लाख २५ हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहेका प्रतिवादी पोखरा महानगरपालिका–२० लामाडाँडाका ३० वर्षीय डिलबहादुर गुरुङ भन्ने प्रिमसबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले उनलाई पोखरा–११ कााहुखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।
पक्राउ परेका गुरुलाई प्रहरीले बुधबार नै जिल्ला अदालत हाजिर गराई कैद सजाय भुक्तानीको लागि जिल्ला कारागार चलान गरिएको छ । उनी गत मंसिर ७ गते ज्यान सम्बन्धी कसूर मुद्दामा दोषी ठहर भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
सार्वजनिक पार्क भत्काएको आरोपमा दुईजना पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
लागू औषधसहित पाँच जना पक्राउ
लागू औषधसहित दुई जना पक्राउ