काठमाडौ । मन्त्रालय भागबन्डाका विषयमा सत्ता गठबन्धनका दलबीच आन्तरिक छलफल चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल भेट्न आज बालुवाटार पुग्दै छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार एमाले अध्यक्ष ओली अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नेछन्।
सत्ता गठबन्धनका दलबीच मन्त्रालय बाँडफाँट गर्न कार्यदलको बैठक बस्नुअघि दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो।
यसअघि आजै प्रधानमन्त्री प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका नेता सम्मानित नेता झलनाथ खनालले पनि भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अहिले भने प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग