काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ।
नयाँ सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबन्डा गर्न बाँकी रहेका बेला गृह मन्त्रालयमा दाबी गरेका रास्वपा सभापति र प्रधानमन्त्री प्रचण्डबीच केही बेरअघि देखि छलफल भइरहेको स्राेतले जानकारी दियो।
यसअघि एमाले नेतृत्वकै गठबन्धन हुँदा गृहमन्त्री बनिसकेका रवि नागरिकता प्रकरणका कारण पदबाट हट्नुपरेको थियो।
अहिले फेरि प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमाले-रास्वपासहितको चार दलीय नयाँ गठबन्धन बनाएपछि मन्त्रालय बाँडफाँटबारे छलफल भइरहेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की