पोखरा । नयाँ राजनीतिक समीकरणसँगै माओवादीका दुई मन्त्री बर्खास्त गरेका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दलको आकस्मिक बैठक बोलाएका छन् । नदीपुरस्थित दलको कार्यालयमा बस्ने बैठकमा पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई ब्रिफिङ गर्नेछन् ।
सांसदहरूको राय लिन र आगामी यात्राको तयारी गर्न बैठक बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ । पाण्डे गत वैशाख १५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ७ सदस्यीय मन्त्रीमण्डल रहेको यहाँ ५ जना कांग्रेस र २ जना माओवादीका थिए । अहिले माओवादीका दुवै मन्त्रीहरू बर्खास्तमा परेका छन् ।
तीन मन्त्रालयको जिम्मेवारी पाण्डेले नै राखेका छन् भने बाँकी मन्त्रीहरू पुरानै जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण