पोखरा । नयाँ राजनीतिक समीकरणसँगै माओवादीका दुई मन्त्री बर्खास्त गरेका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दलको आकस्मिक बैठक बोलाएका छन् । नदीपुरस्थित दलको कार्यालयमा बस्ने बैठकमा पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई ब्रिफिङ गर्नेछन् ।
सांसदहरूको राय लिन र आगामी यात्राको तयारी गर्न बैठक बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ । पाण्डे गत वैशाख १५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ७ सदस्यीय मन्त्रीमण्डल रहेको यहाँ ५ जना कांग्रेस र २ जना माओवादीका थिए । अहिले माओवादीका दुवै मन्त्रीहरू बर्खास्तमा परेका छन् ।
तीन मन्त्रालयको जिम्मेवारी पाण्डेले नै राखेका छन् भने बाँकी मन्त्रीहरू पुरानै जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह
आगामी पुस १६ मा महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतरको निष्कर्ष
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आज काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेसमा कार्यवाहक सभापतिले किन बोलाए गुट भेला ?