काठमाडौं। गृह मन्त्रालयको टुंगो नलागेपछि पहिलो चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सरकारमा नगएर डीपी अर्याललाई पठाउने भएका छन्।रास्वपाको सोमवार बिहान बसेको सचिवालय बैठकबाट बाँकी निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको थियो ।
'जनतालाई डेलिभरी गर्न सक्ने मन्त्रालय लिनुहोला भनेर हामीले सभापतिज्यूलाई सुझाव दिएका थियौं,' रास्वपाका एक सांसदले भने, 'त्यही आधारमा उहाँले विभिन्न मन्त्रालयमा दाबी गर्नुहुन्छ ।'
लामिछानेको दाबी भने उपप्रधानसहित गृह मन्त्रालयमा छ । तर गृह दिन माओवादी र एमाले तयार भइसकेका छैनन् ।एता डीपी अर्याल भने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को फोनको पर्खाइमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
रविमाथि साँधिएको प्रतिशोध नयाँ सोचमाथिकै घातक प्रहार हो’: डीपी अर्याल
राज्यका शक्ति पृथकीकरणमा विश्वास छ, सत्य स्थापित हुन्छ : रवि लामिछाने
जनमत पार्टीसँग एकता गर्ने रास्वपाको तयारी