काठमाडौं। गृह मन्त्रालयको टुंगो नलागेपछि पहिलो चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सरकारमा नगएर डीपी अर्याललाई पठाउने भएका छन्।रास्वपाको सोमवार बिहान बसेको सचिवालय बैठकबाट बाँकी निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको थियो ।
'जनतालाई डेलिभरी गर्न सक्ने मन्त्रालय लिनुहोला भनेर हामीले सभापतिज्यूलाई सुझाव दिएका थियौं,' रास्वपाका एक सांसदले भने, 'त्यही आधारमा उहाँले विभिन्न मन्त्रालयमा दाबी गर्नुहुन्छ ।'
लामिछानेको दाबी भने उपप्रधानसहित गृह मन्त्रालयमा छ । तर गृह दिन माओवादी र एमाले तयार भइसकेका छैनन् ।एता डीपी अर्याल भने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को फोनको पर्खाइमा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखमा डीपी अर्याल निर्विरोध चयन
सभामुख पदका लागि डीपीले दिए उम्मेदवारी
डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय
डीपी अर्याललाई सभामुख बनाउने सहमति
सरकारले घोषित मितिमै चुनाव गराउनुपर्छ : डीपी अर्याल
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल