काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन्।
प्रधानमन्त्री ‘प्रचण्ड’ले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग एक घण्टा र सभापति देउवासँग ४० मिनेट वार्ता गरेका बताइएको छ । एमाले अध्यक्ष ओलीसँग छलफल भइसकेपछि प्रधानमन्त्रीले काँग्रेस सभापति देउवासँग कुराकानी गरेको जनाइएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने विषयमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।संसद्को कानुन,न्याय तथा मानवअधिकार समितिमा सङ्क्रमणकालीन न्यायका विषयमा छलफल हुनुअघि उनीहरूबीच भेटवार्ता भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ