काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन्।
प्रधानमन्त्री ‘प्रचण्ड’ले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग एक घण्टा र सभापति देउवासँग ४० मिनेट वार्ता गरेका बताइएको छ । एमाले अध्यक्ष ओलीसँग छलफल भइसकेपछि प्रधानमन्त्रीले काँग्रेस सभापति देउवासँग कुराकानी गरेको जनाइएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने विषयमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।संसद्को कानुन,न्याय तथा मानवअधिकार समितिमा सङ्क्रमणकालीन न्यायका विषयमा छलफल हुनुअघि उनीहरूबीच भेटवार्ता भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी