काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लेनदेनमा आधारित गठबन्धन लामो समयसम्म चल्न नसक्ने दाबी गरेका छन्।
धनुषाको महेन्द्रनगरमा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन कार्यक्रममा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले वर्तमान गठबन्धन कुनै उद्देश्य, सिद्धान्त र आदर्शमा आधारित नभई स्वार्थ र लेनदेनमा आधारित रहेको बताएका हुन्।
स्वार्थ र लेनदेनमा आधारित गठबन्धन लामो समयसम्म चल्न नसक्ने उनको भनाइ छ। हामी के चाहन्छौँ भने देशलाई स्थिरता, विकास र समृद्धितर्फ लिएर लग्नको लागि राष्ट्रको सम्मान र स्वाभिमानको लागि यो गठबन्धन टुट्नुपर्छ र त्यसलाई अगाडि बढाउन नयाँ आधार तयार हुनुपर्छ, ‘ उपाध्यक्ष पौडेलले भने।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनमा गम्भीर असर, गम्भीर समीक्षा आवश्यक’ : विष्णु पौडेल
वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ : विष्णु पौडेल
रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री