काठमाडौं। भारत र दक्षिण अफ्रिकाको विरोधका कारण चीनको नेतृत्वमा तयार भएको लगानी सम्झौताको प्रस्ताव डब्लुटीओको मन्त्रीस्तरीय सम्मेलनमा छलफल नहुने भएको छ । चीनले विश्वका १२३ देशलाई समेटेर लगानी विकाशका लागि सहजीकरण (आईएफडी) नाममा सम्झौता प्रस्ताव तयार गरेको थियो ।
तर बुधबार भारत र दक्षिण अफ्रिकाले डब्ल्यूटीओ फोरममा यो प्रस्ताव व्यापारसँग नभई लगानीसँग सम्बन्धित रहेको भन्दै विरोध गरेको भारतीय सञ्चार माध्यम जागरणले जनाएको छ ।
समाचारमा जनाइएअनुसार कुनै पनि देशले प्रस्तावको विरोध गरेपछि एमसीमा अन्तिम निर्णय हुन सक्दैन ।चीनको नेतृत्वमा तयार पारिएको प्रस्तावको भारतले पहिलेदेखि नै विरोध गर्दै आएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु