काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले घोडाघोडी क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् । कैलाली र कञ्चनपुरका प्रमुख सिमसार क्षेत्रहरूमा रहेका रैथाने तथा प्रवासी पक्षी अवलोकन गर्ने कार्यक्रममा उपस्थित मुख्यमन्त्री शाहले घोडाघोडीको विकासमा प्रदेश सरकार लागि पर्ने बताएका हुन् ।
‘घोडाघोडीको डिपिआर तयार गर्नुहोस् । पैसाको चिन्ता नगर्नुहोस् । २४ वर्षमा कायापलट हुने गरी हामी विकास गर्छौ’ मुख्यमन्त्री शाहले भने । घोडाघोडीमा बाह्य देशबाट चराहरू आउने गरेको भन्दै उनले बाह्य देशहरूबाट पर्यटकहरू पनि ल्याउनु पर्ने बताएका थिए ।
चरा संरक्षणलाई पर्यटनसँग जोड्नु पर्नेमा मुख्यमन्त्री शाहको जोड थियो । घोडाघोडी विश्व राम सार क्षेत्रमा सूचीकृत भएको र अन्तर्राष्ट्रियले पनि मान्यता दिएको भन्दै उनले यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक रहेको बताए ।
‘यहाँ साइबेह्रिया, मङ्गोलिया लगायतका देशहरूबाट पनि चराहरू आउने गर्दछन्’ मुख्यमन्त्री शाहले भने ‘यो विषयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह
आरक्षणमा नयाँ विधिसहित सुझाव समितिले बुझायो मुख्यमन्त्री शाहलाई प्रतिवेदन
अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह
मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत