काठमाडौँ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दै छ ।
मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो । बुधबार सिंहदरबारस्थित समितिको हलमा बिहान ११ बजे पुनः बैठक बोलाइएको छ ।
आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । विगतमा समितिले नेपाल सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरूको हालसम्मको कार्यान्वयनको अवस्था साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरूमा छलफल गर्न प्रधानमन्त्री दाहाललाई बोलाइएको र बैठकमा प्रधानमन्त्री दाहालले जवाफ दिने कार्यक्रम रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएको प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग